You are viewing the translated version of प्रमाण बुझी सकेपछि पक्ष तारेखमा नबस्ने सक्ने.
Rule 22
प्रमाण बुझी सकेपछि पक्ष तारेखमा नबस्ने सक्ने
: (१) अदालतले उजुरवाला र. विपक्षी दुवै पक्षको प्रमाण बुझी सकेपछि कुनै पक्षले चाहेमा अदालतको अनुमति लिई तारेखमा नबस्न सक्नेछ।
(२) अदालत समक्ष परेको पुनरावेदनको सम्बन्धमा कुनै पक्ष तारेखमा बस्न नचाहेमा अदालतको अनुमति लिई तारेखमा नबस्न सक्नेछ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि इजलासले आवश्यक देखेमा त्यसरी तारेखमा नबसेको पक्षलाई अदालतमा उपस्थित हुने आदेश दिन सक्नेछ र त्यसरी आदेश भएकोमा सम्बन्धित पक्ष अदालतमा उपस्थित हुनु पर्नेछ।
(४) उपनियम (१) वा (२) बमोजिम तारेखमा नबसेको पक्षलाई निजले मुद्दाको किनारा भएपछि अदालतलाई उपलब्ध गराएको ठेगानामा सो फैसलाको जानकारी दिनु पर्नेछ। (५) मुद्दाको पक्षले अदालतलाई उपलव्ध गराएको ठेगाना परिवर्तन भएमा सोको जानकारी लिखितरुपमा यथाशीघ्र अदालतलाई गराउनु पर्नेछ।
(६) उपनियम (५) बमोजिम परिवर्तित ठेगानाको जानकारी अदालतलाई नगराइएको अवस्थामा: अदालतलाई उपलब्ध गराइएको ठेगाना उल्लेख गरी भएको काम कारबाही बदर हुने छैन।